• १० चैत २०८२, मङ्गलबार

पत्रकार विजय कुसवाह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

blog

काठमाडौँ, माघ १७ गते।  मधेश प्रदेशका पत्रकार विजय कुसवाह नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ।

कुसवाहलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले शनिबार पार्टीमा स्वागत गर्नुभएको हो।  

नेपाली काँग्रेस निकट प्रेस युनियनका केन्द्रीय सदस्य, मधेस प्रदेश अध्यक्ष तथा जनता टिभी र हिमालय टिभीका मधेस ब्यूरो प्रमुख भइसक्नु भएका कुसवाहलाई शनिबार प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा स्वागत गर्नुभएको हो।