शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म देशको सच्चा सपुत
मेरा पुर्खाहरूको साहस
देशको ममता खचाखच छ ।
कायर होइन म
दुःख गरेर कमाएको धन नै मलाई काफी छ ।
देशको माटो, अनि पुर्खाहरूको नासो
जोगाउन पर्छ मैले
स्वास्थ्य, शिक्षा, उँचो संस्कृति
विकास गर्नु पर्छ नेपालीले
मलाई पर्बाह छैन नि !
म त देशको वास्तविक माटो,
पहरा, छहरा, नदी, खोला म,
देशलाई धोका दिने कुचेष्टा
कसैले गर्छ भने
नेपाल आमामाथि
भ्रष्टाचार गर्छ भने
हँुदैन मलाई सह्य ।
छ ममा रातो रगत
छ ममा पुर्खाको तागत
देश र जनताका निम्ति म
ज्यान दिन्छु ।
हुन्छु म देशको सच्चा सपुत,
बन्छु म देशको प्यारो सहिद ।