बिष्णुप्रसाद पोखरेल
दमक, माघ १७ गते । झापाको पूर्वी नाका मेचीनगरस्थित मेची पुलको ब्यारीकेटमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति करिब १० बजे मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल सडकमा राखिएको ब्यारीकेटमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सो दुर्घटनामा परेर मोटरसाइकल चालक मेचीनगर–६ का ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनापछि गम्भीर घाइते कटुवाललाई तत्काल आम्दा अस्पताल धुलावारी उपचारका लागि पुर्याइएको थियो । उहाँको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
दुईजना सवार मोटरसाइकलका चालक ३५ वर्षीय काशीनाथ पौडेल गम्भीर अवस्थामा बिएण्डसी अस्पतालमा उपाचरत रहनुभएको छ ।