• ३० पुस २०८२, बुधबार

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुभारम्भ

blog

धनुषाको जनकपुरधाममा सुरु भएको एक–दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी । तस्बिर : धमेन्द्र झा

जनकपुरधाम, पुस ३० गते । मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित एक–दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सुरु भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालबाट गोष्ठीको शुभारम्भ गरिएको हो ।

आजको गोष्ठीमा प्रदेशका ८ वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुबाट जिल्लागत सुरक्षा अवस्था र आसन्न निर्वाचनका लागि सुरक्षा रणनीति र अवस्थाबारे विस्तृत रुपमा छलफल हुनेछ ।

बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, तीनवटै सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका रथी तथा प्रदेशका गृह, सँचार तथा कानुन मन्त्री फकिरा महतो र सङ्घीय मन्त्रालयअन्तर्गतको गृह मन्त्रालयका गृह सचिव राजकुमार श्रेष्ठ, सहासचिव आनन्द काफ्ले र अन्य कर्मचारीहरुको उपस्थिति रहेको छ ।