संयुक्त राष्ट्रसङ्घ, पुस २६ गते । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युक्रेनबारे छलफल गर्न सोमबार आपतकालिन बैठक आयोजना गरेको जनाएको छ । किएभका मेयरले रूसी आक्रमणका कारण भएको उर्जा अवरोधका कारण बासिन्दालाई राजधानी छोड्न आग्रह गरे पछि बैठकको तालिका संशोधन गरेको बताउनु भएको छ ।
“रुसी महासङ्घले नागरिक विरुद्धको आतङ्कवादद्वारा युद्ध अपराध र मानवता विरुद्धको अपराधको भयावह स्तरमा पुगेको युक्रेनी राजदूत एन्ड्री मेलनिकले शुक्रबार सुरक्षा परिषद् पठाएको पत्रमा उल्लेख गरिएको एएफपीले जनाएको छ । पछिल्लो रूसी आक्रमणले किएभका आधा-आधी आवासीय भवनलाई ऊर्जा विहिन बनाएको मेयर भिटाली क्लिट्स्कोले बताउनु भएको छ ।
क्रेमलिनले सन् २०२२ फेब्रुअरीमा युद्ध सुरु भएदेखि दोस्रो पटक युक्रेनमा ओरेसनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको पनि पुष्टि गरेको छ । रूसी सङ्घले आधिकारिक रूपमा लिभिभ क्षेत्रमा मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल, ‘ओरेसनिक’ प्रयोग गरे पछि राजदूतले पत्र जारी दाबी गरेको छ । “यस्तो आक्रमणले सुरक्षाका लागि गम्भीर र अभूतपूर्व खतराको प्रतिनिधित्व गर्दछ ।”
मस्कोले आणविक र परम्परागत दुवै हतियारले युक्त ओरेसनिकलाई रोक्न असम्भव भएको दाबी गरेको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् आपतकालीन बैठकका लागि युक्रेनको अनुरोधलाई फ्रान्स, लाटविया, डेनमार्क, ग्रिस, लाइबेरिया र बेलायत लगाएत छ सदस्य राष्ट्रले समर्थन गरेको कूटनीतिक स्रोतलाई उदृत गर्दै एएफपीले बताएको छ । रासस/एएफपी