शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौँ, पुस २३ गते । नेकपा (एमाले) को प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन हुनु भएको छ। पार्टीको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो ।
कालिकोट निवासी शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभूमिबाट एमाले राजनीतिको मुलधारमा प्रवेश गर्नु भएको हो । शाही सामुदायिक सूचना नेटवर्कको संस्थापक, सामुदायिक रेडियो प्रशारक सङ्घ (अकोर्याब) को दुई कार्यकाल अध्यक्ष हुनु भएको थियो ।
शाही सामुदायिक रेडियो विश्व सङ्गठनको सहअध्यक्ष हुनु हुन्छ । २०७४ सालमा उहाँ राष्ट्रिय योजना आयोगको सदस्य हुनु हुन्थ्यो । शाही यसअघि मानव अधिकार एलायन्सको अध्यक्ष हुनु हुन्थ्यो । शाही ११ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य चयन हुनु भएको हो ।