गोरखापत्र अनलाइन
काठमाडौँ, पुस २३ गते । उच्चपदस्थ निजामती कर्मचारीहरूको साझा संस्थाको रूपमा रहेको प्रशासन, व्यवस्थापन तथा विकास केन्द्र (कामाद) को अध्यक्षमा नेपाल सरकारका सहन्यायधिवक्ता कोषहरि निरौला चयन हुनु भएको छ।
काठमाडौँमा सम्पन्न साधारण सभाले कामादको अध्यक्षमा निरौलालाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा फडिन्द्र दाहाल, महासचिवमा एकनाथ बास्तोला, सचिवमा देवनारायण पौडेल र निराजन पाण्डे, कोषाध्यक्षमा राजेन्द्रराज ओझा र सङ्गठन विभाग प्रमुखमा दिव्यराज पोखरेल चयन हुनु भएको छ।
त्यसैगरी, केन्द्रको सदस्यहरूमा दिवस आचार्य, बिन्दु धामी रावल, नवराज जैसी, तेजकुमार केसी, छविलाल पौडेल, अनिल खनाल, सुबोधकुमार शाह, निर्माणकुमार कार्की, मोहनबहादुर थापा मगर र बैकुण्ठ उपाध्याय चयन हुनु भएको छ । संस्थाको निवर्तमान अध्यक्ष डिल्ली शिवाकोटी रहनु भएको छ ।
विसं २०५४ सालमा स्थापना भएको कामादले निजामती कर्मचारीहरूको उच्च पदस्थ तहलाई समन्वय गर्दै सार्वजनिक प्रशासनको क्षेत्रमा सुधारका लागि समन्वयात्मक कार्यहरू गर्नुका साथै सेवामा रहेका अधिकृतहरूको क्षमता अभिवृद्धि सम्बन्धी कार्यहरू सञ्चालन गर्दै आएको छ।
नवनिर्वाचित समितिले प्रशासनिक क्षेत्रको सुधारका साथै अधिकृतहरूको दक्षता र क्षमता अभिवृद्धिको क्षेत्रमा काम गर्ने र कामाद जर्नल प्रकाशनलाईसमेत निरन्तरता दिने अध्यक्ष निरौलाले बताउनु भयो ।