हरिप्रसाद कोइराला
उर्लाबारी (मोरङ), पुस २३ गते । उत्तरी मोरङको रमितेमा पछिल्लो दुई वर्षयता १८ वटा सानाठुला होटेल सञ्चालनमा आएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको किसानचोकबाट २२ किमी उत्तरमा रहेको रमिते पर्यटकीय क्षेत्रमा गर्मीमा चिसो र जाडोमा पारिला घाम लाग्ने गर्छ । हिउँदमा घाम ताप्न र बर्खामा गर्मी छल्न आन्तरिक र बाह्य पर्यटक पुग्न थालेपछि रमितेमा होटेलसँगै पर्यटन व्यवसाय फस्टाउन थालेको छ । मोरङको मिक्लाजुङ–१ मा पर्ने रमितेमा कालोपत्रे सडक पुगेपछि एकपछि अर्को होटेल थपिएका छन् ।
सुरुमा छ जना मिलेर होटेल टेन्ट टाउन सञ्चालनमा ल्याउनुभएकी कुमारी लिम्बुले भन्नुभयो, “जाडोमा पर्यटकको चाप कम हुन्छ तर होटेल खाली छैनन् । गर्मी मौसममा बाहिर टेन्ट लगाएर पाहुना बस्नुहुन्छ । लिम्बुका अनुसार होटेल दी टेन्ट टाउन डेढ करोड रुपियाँको लगानीबाट सुरु गरिएको हो । हरेक महिना होटेलले सेवा विस्तार गरिरहेको छ ।
उहाँले भन्नुभयो, “२१ महिनाअघि होटेल सुरु गर्दाभन्दा अहिले सबै कुराको गुणस्तर वृद्धि गरेका छौँ । जति कमाइ भयो, सबै यहीँ लगानी भएको छ ।” उहाँले हालसम्म होटेलमा तीन करोड लगानी भइसकेको उहाँले जानकारी दिनुभयो । जाडोमा १८ जना र गर्मीमा २४ जनालाई रोजगार दिइरहेको होटेल सञ्चालन आएसँगै गाउँबाट बसाइँ सर्ने रोकिएको छ ।
अर्का होटेल व्यवसायी होटेल भानुभक्त एन्ड लजका सञ्चालक भोला लुइटेलले भन्नुभयो, “गर्मीमा कुनै होटेल खाली हुँदैनन् । जाडोमा पनि हात बाँधेर बस्नु परेको छैन । उहाँका अनुसार रमितेमा होटेल पर्यटनको विकास भएसँगै कृषि र पशु उत्पादन गर्नेको सङ्ख्या बढेको छ । हरेक मानिस व्यापार र पशुपालनका लागि तराई झर्थे ।
हाल यहीँ सबै उत्पादन बिव्रmी हुन थाल्यो । त्यसैले मानिस गाउँमै उद्यम गर्न थालेका छन् । रमितेमा सुन्तला, अलैँची, तेजपात, अदुवा, कुचोको व्यापार फस्टाएको छ । पहिले पाँच घण्टा पैदल हिँडेर टाँडी झर्नेहरू अहिले घरबाटै कृषि र पशुजन्य उत्पादन बिव्रmी गर्न थालेका छन् । लुइटेलले रमितेमा हाल होटेल क्षेत्रमा मात्र २५÷३० करोड रुपियाँ लगानी भइसकेको बताउनुभयो ।
मिक्लाजुङ–१ का वडाध्यक्ष पर्वत राईले भन्नुभयो, “दुई किमी सडक अझै कच्ची छ । यो सडक पूरै कालोपत्रे भइसकेपछि रमिते कोशी प्रदेशको नयाँ पर्यटकीय गन्तव्य बन्ने छ ।” उहाँका अनुसार पूर्वपश्चिम राजमार्गबाट सबैभन्दा नजिकमा पुगिने पहाडी गाउँ रमिते हुने छ । तराईमा औषत ३८÷४० डिग्री तापव्रmम हुँदा रमितेमा १८÷१९ डिग्री तापव्रmम हुने गर्छ । त्यसैले मानिस एक रात बस्ने गरी रमिते पुग्ने गर्छन् ।
सडक, बिजुली पुगेको धेरै वर्ष भएको थियो तर जब होटेल खुल्न थाले रमिते र आइतबारे बजार नै गुल्जार बन्न थाल्यो । स्थानीय सन्तोष राईले भन्नुभयो, “थुप्रैले रोजगार पाएका छन् । व्यापार बढेको छ । गाडीको आवतजावत बढेको छ । निगुरो, इस्कुस, आलु, फलफूल बेच्न तराई झर्नु परेको छैन । औसत नेपालीले बुझेको मोरङ जिल्ला भनेको धान फल्ने फाँटिला खेत, साल फुल्ने वन हो तर रमितेमा गुराँस फुल्छ । बाह्रैमास चिसो हुन्छ । त्यसैले रमिते अहिले नयाँ पर्यटकीय गन्तव्य बनिरहेको छ ।