• १४ माघ २०८२, बुधबार

तीन दलका छ जना समानुपातिकको बन्द सूचीमा

blog

नेकपाका दुई नेत्री पञ्चा सिंह, गंगा खड्का । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, पुस २१ गते ।
कालीकोट जिल्लाबाट तीन दलबाट छ जना समानुपातिक उम्मेद्वार बनेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकको बन्द सूचीमा छ जनाको नाम समावेश गरेका हुन् । यसैगरी, रास्वपालगायत दलले भने साविकको कर्णालीबाट समानुपातिकमा कसैलाई समेट्न सकेका छैन ।

‘‘पहिलेभन्दा कांग्रेसले निकै सुधारको प्रयास गरेको छ ।’’ कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले भन्नुभयो, ‘‘कालीकोटका पुराना नेता कालीबहादुर सहकारीले अवसर पाउनुभएको छ ।’’

कांग्रेस कालीकोटका पूर्वसभापति हुनुभएको सहकारी हाल कर्णाली प्रदेश समितिका उपसभापति हुनुुहुन्छ । 

त्यस्तै, दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले यसपटक कालीकोटबाट युवा नेत्री पञ्चा सिंह, गंगा खड्का बोगटी र नलिनी सिंहलाई समानुपातिकको बन्दसूचीमा राखेको छ ।

नेत्री सिंह र खड्का सशस्त्र द्वन्द्वमा आफन्त गुमाएका परिवारका सदस्य हुनुहुन्छ ।

त्यस्तै, नेकपा एमालेले पुराना नेता दुर्गबहादुर शाहीलाई खसआर्यको सूचीमा राखेको छ भने कालीकोट रास्कोट–८ की नेत्री एशोदा बराललाई अपाङ्ग, पिछडिएको क्षेत्र तथा महिलाको कलष्टरबाट समानुपातिकको सूचीमा राखेको छ ।

नेकपा एमालेले हुम्लाका नेता गोरखबहादुर बोगटीलाई पिछडिएको क्षेत्रबाट पहिलो नम्बरमा राखेको छ । उहाँ ०५६ मा निर्वाचित सांसद समेत हुनुहुन्छ ।