शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोविन्द शर्मा
बाँके, पुस १९ गते । नेकपा (एमाले) बाँके क्षेत्र नम्बर १ बाट पार्टी केन्द्रीय सदस्य सूर्य ढकालको एकल नाम सिफारिस भएको छ। क्षेत्रीय समन्वय कमिटीको शनिबार बसेको बैठकले सो क्षेत्रबाट निर्वाचित विघटित प्रतिनिधिसभा सदस्य ढकालको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय समन्वय कमिटीका संयोजक कुश्माखर बस्यालले जानकारी दिनु भयो ।
उम्मेदवार सिफारिस गर्न क्षेत्र नम्बर २ को नेपालगन्ज र ३ को बैजनाथ बनकटुवामा क्षेत्रीय समन्वय कमिटीको बैठक जारी छ । क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्ष निरक गुरुङ, नेताहरू कृष्णप्रसाद श्रेष्ठ, मनोज बर्मा र अछरी पोख्रेलले दाबी पेस गर्नुभएको छ।
क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री दलबहादुर सुनार, किस्मत कक्षपति, पदम धिताल, लालबहादुर खत्री, करिम खान लगायतले दाबी पेस गर्नु भएको छ ।