• १२ असार २०८१, बुधबार

सेनाद्वारा बेनिघाट-आरुघाट-लार्केभञ्‍ज्याङ्ग सडक खण्ड हस्तान्तरण

blog

बेनिघाट-आरुघाट-लार्केभञ्‍ज्याङ्ग सडक खण्ड हस्तान्तरण नेपाली सेना । तस्बिर सौजन्य : जंगी अड्डा

काठमाडौं, असार २७ गते । नेपाली सेनाद्वारा निर्माणाधिन गोरखा जिल्लाको बेनिघाट–आरुघाट–लार्केभञ्‍ज्याङ्ग सडक खण्ड सोमबार स्थानीयलाई हस्तान्तरण गरेको छ। सेनाले आयोजना अन्तर्गत धार्चे गाउँपालिका वडा नं. ७ हावाडाँडादेखि सोही गाउँपालिका वडा नं. ३ स्थित दोभानसम्मको १८ किमि सडक खण्डको ट्रयाक निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको हो ।

सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी विनोद भट्टले सडक विभाग अन्तर्गत ११ किलो छेपेटार-भालुस्वाँरा-वारपाक सडक योजना, गोरखाका प्रमुख सिडिई पशुपति ज्ञवालीलाई हस्तान्तरण गर्नुभयो ।  २०७३ साल मंसिर २६ गते मन्त्रिपरिषद्को निर्णयबाट भौगोलिक विकटता, मौसमी प्रतिकुलता, कडा चट्टानयुक्त भू-बनोटका कारण उक्त सडक खण्डको ट्रयाक खोल्ने कार्यको जिम्मेवारी नेपाली सेनालाई दिईएको थियो । सेनाले २०७४ वैशाख ११ गतेबाट ट्रयाक खोल्ने कार्य शुरु गरेको थियो । 

यस सडक खण्डको निर्माण पश्चात गोरखा जिल्लाको विकट उत्तरी हिमाली क्षेत्रमा पर्ने धार्चे गाउँपालिका तथा चुनमुब्री गाउँपालिका राष्ट्रिय सडक सञ्‍जालमा जोड्नुका साथै उक्त सडकले समग्र उत्तरी गोरखा जिल्लाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने नेपाली सेनाले विश्वास लिएको छ ।