• १६ पुस २०८२, बुधबार

नागरिक–प्रहरी सम्बन्ध अपरिहार्य

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस १६ गते । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिक–प्रहरीको सम्बन्ध सुमधुर हुनु अपरिहार्य रहेको बताउनुभएको छ । गत भदौ २३–२४ गते नवयुवा (जेनजी) आन्दोलनका व्रmममा क्षतिग्रस्त कोटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभागको पुनर्निर्मित भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक कार्कीले आमनागरिकको अपार समर्थनका कारण नेपाल प्रहरीले पुरानै अवस्थामा सफलतापूर्वक काम गरिरहेको बताउनुभयो ।

उहाँले अपराध नियन्त्रण तथा अनसुन्धान, नागरिक सुरक्षा, विपत् उद्धार, सामाजिक सद्भाव तथा अमनचैनका लागि समर्पित नेपाल प्रहरीको भूमिका र अपरिहार्यलाई आमनागरिक र नयाँ पुस्तामा स्थापित गराउनुपर्ने बताउनुभयो । उहाँले नागरिकका हरेक समस्यामा नेपाल प्रहरी सदैव साथमा रहेको बताउँदै आमनागरिकको जनचाहनाबमोजिम नेपाल प्रहरीका हरेक कर्मचारीले आफ्ना विगतका कमीकमजोरी सुधारेर अघि बढ्नुपर्ने बताउनुभयो ।

क्षतिग्रस्त भवन पुनर्निर्माण समितिका अध्यक्ष उत्तमराज भण्डारीले जेनजी आन्दोलनका व्रmममा घुसपैठ भई प्रहरी कार्यालयमा ठुलो क्षति पु-याइँदा समाजै असुरक्षित भएको अनुभव पुनर्निर्माण तथा पुनस्र्थापना अभियान सुरु गरिएको बताउनुभयो ।

क्षतिग्रस्त दुवै प्रहरी युनिट पुनर्निर्माणका लागि गत भदौ २८ गते भण्डारीको संयोजकत्वमा ११ सदस्यीय पुनर्निर्माण समिति गठन भई भदौ ३० गते दुवै प्रहरी युनिटगत रूपमा सञ्चालनमा आएका थिए । कार्यव्रmममा बागमती प्रदेश सांसद तथा समाजसेवी सुनील केसीले क्षतिग्रस्त प्रहरी भवन पुनर्निर्माणमा सहयोग पु-याउने विभिन्न संस्था तथा समाजसेवीलाई कदरपत्रसहित सम्मान गर्नुभएको थियो । 

कोटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभाग पुनर्निर्माण समितिका कोषाध्यक्ष सुवास रिमालका अनुसार विभिन्न व्यक्ति तथा समाजसेवीले करिब २५ लाख रुपियाँ आर्थिक सहयोगमा गरेकोे बताउनुभयो ।