• १५ पुस २०८२, मङ्गलबार

धनकुटामा ११९ मतदान स्थल र १६६ मतदान केन्द्र

blog

जिल्ला निर्वाचन कार्यालय, धनकुटा ।

सन्तोष सुवेदी

पाख्रीबास (धनकुटा), पुस १५ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा एक सय १९ मतदानस्थल कायम भएका छन् । एक सय ६६ मतदान केन्द्र कायम भएका छन् । 

जिल्ला निर्वाचन कार्यलय धनकुटाका अनुसार धनकुटामा अघिल्लो निर्वाचनमा एक सय १९ मतदान स्थल र एक सय ६२ मतदान केन्द्र रहेका थिए । जिल्लाको धनकुटा नगरपालिकामा १५ मतदान स्थलमा २९ मतदान केन्द्र, महालक्ष्मी नगरपालिकामा २१ मतदान स्थलमा २७ मतदान केन्द्र र पाख्रिबास नगरपालिकामा १५ मतदान स्थलमा २३ मतदान केन्द्र कायम भएका छन् । 

यस्तै, साँगुरीगढी गाउँपालिकामा २१ मतदान स्थलमा २६ मतदान केन्द्र, चौबिसे गाउँपालिकामा २१ मतदान स्थलमा २४ मतदान केन्द्र कायम रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना सुरज अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी छथरजोरपाटी गाउँपालिकामा १२ मतदान स्थलमा १८ मतदान केन्द्र र सहिदभूमि गाउँपालिकामा १४ मतदानस्थलमा १९ मतदान केन्द्र कायम भएका सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एउटा मात्रैै निर्वाचन क्षेत्र रहेको धनकुटामा आगामी फागुन २१ मा हुने चुनावका लागि आवश्यक तयारीहरू तिव्र गरिरहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।