• ७ असार २०८१, शुक्रबार

सुरक्षा संवेदनशीलताका कारण उपत्यकाको जिम्मेवारी नेपाल प्रहरीलाई : गृहमन्त्री खाण

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार २७ गते । गृहमन्त्री बालकृष्ण खाणले सङ्घीय राजधानीको सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर नेपाल प्रहरीलाई जिम्मेवारी दिन खोजिएको प्रष्ट पार्नुभएको छ ।

सोमबार बसेको पहिलो प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री खाणले उपत्याकामा सुरक्षा चुनौतीको ख्याल गर्दै त्यसको सामना गर्नका लागि नेपाल प्रहरीलाई जिम्मेवारी दिने कानुनी व्यवस्था गर्न लागेको प्रष्ट पार्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘यो विधेयकमा प्रदेश प्रहरीलाई कमजोर पार्न खोजिएको होइन । नेपालको सङ्घीय राजधानी काठमाडौं उपत्यकामा जुन खालका सुरक्षा चुनौती छन् । ‘ती सुरक्षा चुनौतीको सामना गर्नका लागि नेपाल प्रहरीलाई नै जिम्मेवारी दिइयो भने त्यसले सहजतापूर्वक पूरा गर्न सक्छ भन्ने हाम्रो विश्वास हो ।’’

उहाँले बाह्य करणले राष्ट्रिय सुरक्षामा चुनौती आउने गरेको बताउनुभयो । ‘‘आन्तरिक कारणले पनि सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठ्छन् । विभिन्न घटना, परिघटना हुने तर बाह्य कारणले पनि राष्ट्रिय सुरक्षामा चुनौती आउँछ ।,’’ उहाँले भन्नुभयो । साथै उहाँले उपत्यकाको सुरक्षामा प्रदेश प्रहरीसँग पनि समन्वय हुने बताउनुभयो ।