• ७ असार २०८१, शुक्रबार

नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत

blog

काठमाडौं, असार २७ गते । प्रतिनिधिसभा बैठकले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुँदै सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभएको हो । सर्वसम्मतिले स्वीकृत भएसँगै उक्त प्रस्तावमाथि प्रतिनिधिसभा बैठकमा छलफल सुरु भएको छ ।