• ७ असार २०८१, शुक्रबार

प्रहरीलाई हतियारभन्दा प्रविधि चाहिएको छ : सांसद सिलवाल

blog

काठमाडौं, असार २७ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले नेपाल प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेको भन्दै आपत्ति जनाएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्नुहुँदै एमालेका सांसद नवराज सिलवालले सरकारले ८४ करोड रुपियाँ बराबरको हतियार किन्नका लागि बजेट रकमान्तर गरेको भन्दै त्यसप्रति आपत्ति जनाउनुभएको हो ।

उहाँले देशमा आर्थिक सङ्कट आउन लागेको बेलामा हतियार किन्न खोजेर सरकारले राष्ट्रघात गरेको आरोप लगाउनुभयो ।

हाल नेपाल प्रहरीलाई हतियार नचाहिएको भन्दै विचौलिया र राजनीतिक व्यक्तिहरुलाई पैसा चाहिएकाले यो योजना अगाडि बढाइएको उहाँको भनाइ छ । उहाँले हतियारको कमिशन तीन सय प्रतिशतसम्म बढाएर रकमान्तर गरिएको बताउनुभयो ।

सांसद सिलवालले हाल नेपाल प्रहरीलाई हतियार नभई व्यारेक र प्रविधि चाहिएको बताउनुभयो । प्रहरीलाई प्रविधि भित्राएर अनुसन्धान योग्य बनाउनुपर्नेमा उहाँको जोड छ ।