• १६ भदौ २०८१, आइतबार

‘लाखे’को सस्पेन्स थ्रिलर टिजर

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २६  गते । मल्टी स्टार चलचित्र ‘लाखे’को करिब सवा एक मिनेट लामो टिजर शुक्रबार ओएसआर डिजिटलमार्फत दर्शकमाझ ल्याइएको छ । भदौ ३१ गते प्रदर्शन हुने ‘लाखे’को टिजरबाट चलचित्र सस्पेन्स र थ्रिलले भरिएको आकलन गर्न सकिन्छ ।

सम्राट बस्नेत निर्देशित चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बालकलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा देखिनुभएको छ । गणेश मल्ल ठकुरी (जिएम)को प्रस्तुति रहेको चलचित्रको कथाकार र निर्माता सिजन अर्याल हुनुहुन्छ भने चलचित्रको निर्देशन दिलीप पन्तले गर्नुभएको हो ।