• १ पुस २०८२, मङ्गलबार

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते

blog

नयाँदिल्ली, पुस १ गते । उत्तरी भारतको एक्सप्रेस वेमा मङ्गलबार बाक्लो कुहिरोको बिचमा सात वटा बस एक अर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्हुवाले जनाएको छ ।

प्रहरीले मथुरा जिल्लाको दिल्ली-आगरा एक्सप्रेस वेमा बसकोे ठक्करको कारणले उनीहरुको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेकको बताइएको छ । रासस/सिन्ह्वा