• २४ पुस २०८१, बुधबार

निरन्तरको बर्षाले साना नदीहरू बाढी, उच्चसतर्कता अपनाउन आग्रह

blog

काठमाडौं, असार २५ गते । शुक्रबार रातीदेखिको निरन्तर परेको बर्षाले स-साना नदीहरुमा आएको बाढीले जोखिम बढाएको भन्दै उच्चसतर्कता अपनाउन आग्रह गरेको छ । विहान ६ बजेनै सूचना जारी बाढी पूर्वानुमान महाशाखाले बर्दियाको रम्वापुर, गोडना र आसपासको क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो । 

पछिल्लो ६ घण्टामा भारी वर्षा भएकाले उराही, भादा लगायत स‍-साना नदीहरूमा सतर्कता तहसम्मको बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा दिनभर सतर्कता अपनाउन भनेको छ । 

यता महाशाखाको तथ्याङक अनुसार बबई नदीको बर्दिया स्थित रामभपुर क्षेत्र, पश्चिम राप्ती नदीको  दाङ स्थित लालमटिया क्षेत्र, कालिगण्डकी नदीको पाल्पा स्थित जाल्पा, मलङवा क्षेत्र, गण्डकी नदीको पाल्पा स्थित तानसेन क्षेत्र र कर्णाली नदीको बार्दिया स्थित गोदना क्षेत्रमा भारी बर्षा भई रहेको छ । उक्त क्षेत्र र आसपासका तटिय क्षेत्रमा बाढीको जोखिम हुने भन्दै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।