• ७ मंसिर २०८१, शुक्रबार

नेप्से परिसूचक ३४.७१ अङ्कले गिरावट

blog

काठमाडौं, असार २४ गते । साताको अन्तिम दिन नेप्से परिसूचकमा गिरावट आएको छ ।

शुक्रबार नेप्से परिसूचक ३४.७१ अङ्कले घटेर १९९२.६१ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.६१ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स २.५० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२८ अङ्कले घटेको छ ।

कारोबारमा आएका २१७ कम्पनीको ३० लाख ६३ हजार कित्ता शेयर एक अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ ।

शुक्रबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।

विकास बैंक, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी र बैंकिङ, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य ५.४४ प्रतिशत घटेको छ । त्यस्तै, हिमाल दोलखा हाइड्रोपावर, बेष्ट फाइनान्सको शेयर मूल्य साढे ४ प्रतिशतभन्दा बढी घटेको छ । साढे पाँच करोडभन्दा बढीको कारोबार शिवम् सिमेन्ट्स कम्पनीले गरेको छ ।