• १३ साउन २०८१, आइतबार

छत ढलान गर्ने क्रममा करेन्ट लागेर मृत्यु

blog

नारद कोहार

तौलिहवा, असार २३ गते । कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका–३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेली रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो । 

महाराजगञ्ज नगरपालिका–१० हर्दौनास्थित घरको छत ढलान गर्ने क्रममा बुधबार साँझ करेन्ट लागेर अशक्त भएको उहाँको कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो । पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।