शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
स्याङ्जा, मङ्सिर ११ गते । गायक तारा पौडेल श्रेष्ठको ‘थर एउटै घर एउटै’ सार्वजनिक भएको छ । ‘तारा पौडेल’ युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । गीतले जातीयता तथा एउटै घरको भावनालाई सरल र मार्मिक तरिकाले प्रस्तुत गरेको छ ।
गीतले थर, जात र पहिचानले मानिसलाई अलग अलग चिनाउने भए पनि भावना, माया र घरले सबैलाई एक ठाउँमा जोड्ने सन्देश दिन खोजेको छ । गीतमा कृष्ण लामिछानेको शब्द तथा नेत्र भण्डारीले सङ्गीत भर्नुभएको छ । नेत्र भण्डारी र गायक स्वयम्को गीतमा आवाज रहेको छ । मुकेश नेपालीको निर्देशन र कोरियोग्राफीमा तयार भएको गीतमा लोमश शर्मा र नम्रता थापालगायतका कलाकारको अभिनय रहेको छ । गीतको छायाङ्कन बुद्ध थापा र सम्पादन नवीन घर्तीमगरले गर्नुभएको हो ।