खेमराज सापकोटा
रानी (मोरङ), कात्तिक २९ गते । मोरङ जिल्लाको बुढीगङ्गा गाउँपालिका ४ मा विपन्न समुदायका महिलालाई स्वरोजगार बनाउनका लागि डकर्मी तालिमको सञ्चालन गरिएको छ ।
महिलालाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
तालिम राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज काठमाडौँको आयोजनामा र स्ट्यान्डर्ड चार्टर्ड बैँकको सौजन्यमा गरिएको हो ।
“हातमा सीप भए कोही पनि भोकै बस्नुपर्दैन । यो तालिमले महिलालाई आत्मनिर्भर र आर्थिक रूपमा सबल बनाउन मद्दत पुर्याउने छ भन्ने विश्वास लिएको छु ।” गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगरले भन्नुभएको छ ।
सीप प्राप्त व्यक्तिले मात्र राम्रो आय-आर्जन गर्न सक्ने उल्लेख गर्दै उहाँले महिलामा स्वरोजगारप्रति उत्साह बढाउने विश्वास व्यक्त गर्नुभयो ।
समाजका अध्यक्ष सुरेन्द्र थापाको संयोजनमा सञ्चालन भइरहेको तालिममा १० जना महिला सहभागी रहेको वडा नं.४ का अध्यक्ष शशिकान्त चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तालिम आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने छ । नेपाल इन्भेस्टमेन्ट बैँक लिमिटेडको सहयोगमा सञ्चालित उक्त तालिममा सहभागीहरूले सीप विकास र स्वरोजगारसम्बन्धी व्यावहारिक ज्ञान प्राप्त गरिरहेका छन् ।
आयोजकका अनुसार, तालिमको उद्देश्य स्थानीय युवालाई रोजगारमुखी बनाउने र गाउँपालिकामा आर्थिक सशक्तीकरण प्रवर्धन गर्ने रहेको छ ।