शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक २६ गते । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका बाँकी खेल बुधबारदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सुरु हुँदैछ ।
यसअघि पोखरामा भदौ २० देखि २८ गतेसम्मका लागि तय भएको प्रतियोगिता जेनजी आन्दोलनका कारण बिचैमा रोकिएको थियो ।
अब रोकिएकै अवस्थाबाट पुन: सुचारु हुने प्रतियोगिता कात्तिक २९ गते सम्पन्न हुने आयोजक इन्फिनिटी ड्रिम्सले जनाएको छ ।
यसअघि लिगका लिगका कुल १६ मध्ये ९ खेल सम्पन्न भइसकेका छन् । लिगका ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता छ ।