• २६ कात्तिक २०८२, बुधबार

प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट

blog

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ बिदाइ भेट गर्नुहुँदै । साथमा नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्की । तस्बिर : केशव थापा/प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २६ गते। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भएको भेटका क्रममा महानिरीक्षक खापुङले आफ्नो कार्यकालमा प्राप्त सहयोगका लागि प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

महानिरीक्षक खापुङ आफ्ना उत्तराधिकारी दानबहादुर कार्कीका साथ सिंहदरबार पुग्नुभएको थियो । 

प्रधानमन्त्री कार्कीले खापुङको आगामी जीवनका लागि शुभकामना व्यक्त गर्नुभयो ।

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ३३ औँ प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । 

वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ ।