• २१ कात्तिक २०८२, शुक्रबार

अफगानिस्तानले नेपाललाई दियो एक सय १३ रनको लक्ष्य

blog

काठमाडौँ, कात्तिक २१  गते ।  हङकङमा आजदेखि सुरु हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई जितका लागि ११३ रनको लक्ष्य दिएको छ ।

हङकङको  मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै ११२ रनको योगफल  बनाएको हो ।

नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । अर्को विकेट लोकेश बमले लिए । प्रतियोगितामा  १२ टोली सहभागी छन् । नेपाल ब्याटिङ गरिरहेको छ । रासस