• १९ कात्तिक २०८२, बुधबार

‘गोल्डेन किड्स इन्टरनेसनल’ मा समीप

blog

लमजुङ समाचारदाता

लमजुङ, कात्तिक १९ गते । नेपालका गितारवादक समीप न्यौपानेले टर्कीमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा प्रस्तुति दिनुभएको छ । ‘गोल्डेन किड्स इन्टरनेसनल’ मार्फत सहभागी हुनुभएका न्यौपानेले नेपालीपन झल्किने धुन प्रस्तुत गर्नुभएको हो । आयोजक, निर्णायक र दर्शक सबैले उहाँको गितार वादनको प्रशंसा गरेका छन् ।

न्यौपानेले गितारमा प्राविधिक दक्षता, आत्मविश्वास र सङ्गीतप्रतिको समर्पण देखाउनुभएको थियो । आयोजकहरूले उहाँलाई ‘भविष्यको अन्तर्राष्ट्रिय कलाकार’ का रूपमा उदाउन सक्ने सम्भावना रहेको व्यक्ति भनेर प्रशंसा गरेका उहाँका बुबा सुनील न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा ब्राजिलसँगै एसिया, युरोप र अफ्रिकाबाट ६४ देशका युवा कलाकार सहभागी थिए । प्रतिस्पर्धा कडा भए पनि समीपको प्रस्तुतिले सबैको ध्यान तानेको थियो । उहाँले नेपाली सङ्गीतको विविधता र भावनालाई गितारमार्फत प्रस्तुत गर्दा उपस्थित दर्शक मन्त्रमुग्ध बनेका थिए । गितारवादनमा देशलाई चिनाएका समीपले भन्नुभयो, “टर्कीमा नेपालको प्रतिनिधित्व गर्नु मेरा लागि गर्वको कुरा हो । भविष्यमा अझ धेरै सिकेर नेपाली सङ्गीतलाई विश्वमञ्चमा पु¥याउने लक्ष्य छ ।”