शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १५ गते । चलचित्र ’परान’ शुक्रबारदेखि देशैभर प्रदर्शनमा आएको छ । दीपकप्रसाद आचार्य (काकु) को पहिलो निर्देशकीय चलचित्रले भावनात्मक पारिवारिक कथा बोकेको छ । चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह प्रमुख भूमिकामा देखिनुभएको छ । शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राईलगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ ।
शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गर्नुभएको उक्त चलचित्रमा शिवराम श्रेष्ठको छायाङ्कन, मित्र डी गुरुङले सम्पादन र गगन थापामगरले सङ्गीत दिनुभएको छ ।