• २२ असोज २०८२, बुधबार

म्याग्दीको तुसारेपानीमा बोलेरो दुर्घटना

blog

दुर्घटनामा परेको बोलेरो जिप । तस्बिर : गोरखापत्र अनलाइन

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, असोज २२ गते । म्याग्दीको बेनी नगरपालिका–९, तुसारेपानीमा बोलेरो दुर्घटना भएको छ । रघुगङ्गा गाउँपालिका–८, बाट यात्रु लिएर सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग. २ च. ५९३० नम्बरको जिप बुधबार दिउँसो सडकदेखि एक सय मिटर तल खसेर दुर्घटनामा परेको हो । 

दुर्घटना लगत्तै स्थानीयवासी र प्रहरीले घाइतेहरूलाई उद्दार गरी उपचारका लागि प्रदेश अस्पताल बेनीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो। जिपमा क्षमताभन्दा धेरै यात्रु सवार भएको उहाँको भनाइ छ । 

उहाँका अनुसार बोलेरोभित्र र बाहिर गरी १५ जना सवार रहेको थिए । घाइतेलाई उद्दार गरी प्रादेशिक अस्पताल बेनीमा उपचारका लागि ल्याइएको उहाँले बताउनुभयो ।  घाइतेको अवस्था र यात्रुको नाम सङ्कलन गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । 

बोलेरो जीप चालक धवलागिरी गाउँपालिका–४, म्याग्दीका ३४ वर्षीय चन्द्र पुर्जालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार सवारीको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको र थप विवरण सङ्कलन भइरहेको छ ।