• १३ असोज २०८१, आइतबार

'प्रकाश'को 'जोर मैना' गीत सार्वजनिक

blog

काठमाडौं, असार १६ गते । दिनेश राउतले निर्देशन गर्नुभएको फिल्म 'प्रकाश'को 'जोर मैना' बाेलकाे गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत र ध्रुव बिस्कोको स्वर छ । 

महेन्द्र अधिकारीले निमार्ण गर्नुभएको फिल्म जुम्लाको परिवेशमा छायाङ्कन भएको हो । फिल्मको गीतमा प्रदीप खड्का र रेणु योगी जुम्लेली पात्रमा देखिएका छन् । 

फिल्ममा दिया मास्के, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ । बिनिस इन्टरटेनमेन्टकाे ब्यानरमा निर्माण भएको फिल्ममा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको सङ्गीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत छ ।