• २७ वैशाख २०८१, बिहिबार

बैंकिङ् कसुर मुद्दाका प्रतिवादी पक्राउ

blog

काठमाडौं, असार १४ गते। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ जोरपाटीबाट बैंकिङ् कसुर मुद्दाका फरार प्रतिवादीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा रामेछापको सुनपाती गाउँपालिका-४ स्थायी घर भएर काठमाडौंको गोकर्णेश्वर-६ जोरपाटी बस्ने ४३ वर्षीय बिनोद घिसिङ रहेका छन्। 

घिसिङले मेघा बैंकको बौद्ध शाखामा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भन्दै चेक काट्नु भएको थियो। खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी चेक दिएको खुलेको प्रहरीले जनाएको छ। 

रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ् कसुरका तीन थान मुद्दामा २०७८ पुस २७ मा फैसला गर्दै विनोद घिसिङलाई बैंकिङ् कसुर तथा सजाय ऐन २०६४ बमोजिम जरिवाना ठहर गरेकाे थियाे । 

घिसिङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेकाे हाे।