• १० भदौ २०८२, मङ्गलबार

विषादी सेवनबाट एकको मृत्यु, ६ जना घाइते

blog

तरकारीमा विषादी छर्दै किसान । फाइल तस्बिर

विनय कर्ण

कल्याणपुर (सप्तरी), भदौ १० गते । सप्तरी जिल्लामा पछिल्ला दुई दिनमा मात्रै  सात जनाले विषादी सेवन गरेकोमा एकको मृत्यु भएको छ । ६ जना घाइतेको अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

१५ वर्षीया रन्जना साहको उपचारका क्रममा  राजविराज स्थित छिन्नमस्ता अस्पतालाम मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिनुभयो । 

राजविराज नगरपालिका-१३ भेल्ही बिसहरियाकी २१ वर्षीया पार्वती देवी यादव, राजगढ गाउँपालिका-३ नर्घोकी ३० वर्षीया मनिता देवी राम, कञ्चनरुप नगरपालिका-४ जगतपुरका३५ वर्षीय रुपेश यादव, हनुमाननगर कंकालिनी नगरपालिका-१० इनर्वाकी १९ वर्षीया आईश खातुन, बोदेबर्साइन नगरपालिका-८ काचनटोलका २८ वर्षीय ललित महतो र राजगढ-१ मुड्कि टोलकी २३ वर्षीया ललिता कुमारी यादवले छुट्टाछुट्टै समयमा विषादी सेवन गर्नुभएको हो ।

युवतीदेखि किशोरी र युवासम्म विषादी सेवन गरेका यी सबैलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल, छिन्नमस्ता अस्पताल तथा नोबेल अस्पताल विराटनगरमा उपचारका लागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय  सप्तरीले जनाएको छ । 

प्रहरीकाअनुसार सेवन गरिएका विषादीमा धान–गहुँमा प्रयोग हुने ‘सल्लेफस’, तरकारी बालीमा प्रयोग हुने ‘एल्मुनियम फस्फेट’ लगायतका रसायन रहेको छ ।