• २ भदौ २०८२, सोमबार

सप्तरीमा करेन्ट लागेर दम्पतीको मृत्यु

blog

मृतक दम्पती । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), भदौ १ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराम शनिबार राति करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्युु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप ५ पिपराका ५० वर्षीय बद्री सरदार र उहाँकी ४५ वर्षीया श्रीमती विमलादेवी सरदार छन् । आफ्नै खेतको काम सकेर राति ८ बजे घर फर्कने क्रममा करेन्ट लागेर उहाँहरूकाे मृत्यु भएको हो ।

स्थानीय महेन्द्र सदाले हात्तीबाट धान जोगाउन लगाएको जिआई तार तानी जोडेको करेन्ट लागेर घटनास्थलमै दम्पतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरूपका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।

आवश्यक कानुनी प्रक्रिया पुर्‍याएर दम्पतीको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस