• १३ साउन २०८१, आइतबार

मन्त्री हेरफेरको निर्णय कार्यान्वयन गर्न एसको सचिवालय बैठकमा छलफल

blog

फाइल फाेटाे

गोरखापत्र अनलाइन

काठमाडौं, असार ८ गते । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा विगतमा गरिएको मन्त्री हेरफेरको निर्णय तत्काल कार्यान्वयन हुनुपर्नेमा छलफल भएको छ ।

काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको सो बैठकमा मन्त्री हेरफेरफेरबारे तुरुन्त मन्त्रिमण्डलमा निर्णय गर्ने विषयमा विशेष जोड दिइएको साे पार्टीका नेता झलनाथ खनालले जानकारी दिनुभयो । यससँगै उहाँले छिट्टै नै पोलिट्ब्यूरो, केन्द्रीय समिति र केन्द्रीय परिषद्को बैठकको तयारीबारे छलफल भएको बताउनुभयो ।

“मन्त्रिमण्डलमा जुन टिम हाम्रो बदल्ने भनेका छौं, त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गर्न सकेन ? तुरुन्तै कार्यान्वयन गर्नुप¥यो भनेर निर्णय गरेका छौं । पार्टीका अध्यक्ष त्यही विषयमा कुरा लिएर कुराकानी गर्न जानुभएको छ ।”, खनालले भन्नुभयो ।