• ६ साउन २०८२, मङ्गलबार

पशुपतिको दर्शन गर्न साइकल यात्रा

blog

गुलरियादेखि साइकलमा पशुपति जाँदै गरेका स्थानीयहरू । तस्बिर : ज्योति पन्थी

ज्योति पन्थी
बबई (बर्दिया), साउन ५ गते ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिका– ३ का तीन  जना स्थानीयहरूले बर्दियादेखि काठमाडौँको पशुपति दर्शन गर्नका लागि साइकल यात्रा शुरु गरेका छन् ।

गुलरिया नगरपालिका– ३ तेजिपुर गाउँका जितेन्द्रकुमार यादव र दयाराम रैदास, मालतीप्रसाद गोडियाले पशुपति दर्शन गर्नका लागि गुलरियादेखि साइकल यात्रा सुरु गर्नुभएको हो । उहाँहरूलाई गुलरिया नगरपालिका–३ का अध्यक्ष सर्वजित यादवसहितका जनप्रतिनिधि र कर्मचारीहरुले माला र खादा लगाएर सोमबार बिदाइ गर्नुभएको छ ।

साइकल चढेर करिब ६ सय ५० किलोमिटरको दूरी यात्रा गर्न उहाँहरू इच्छुक भएपछि पशुपति दर्शनका लागि उहाँहरूलाई बिदाइ गरिएको वडाध्यक्ष यादवले बताउनुभयो । आफ्नो इच्छा पशुपति दर्शन गर्ने रहेकाले अन्य दुई साथीसहित साइकल यात्रा सुरु गरेको जितेन्द्रकुमार यादवले बताउनुभयो ।