• १६ असार २०८१, आइतबार

नानीमैयाँ नकर्मीको निधनप्रति एमालेको शोक प्रकट

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार ६ गते । नेपाली कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याउनुभएका नेत्री नानीमैयाँ नकर्मीकोे निधनप्रति नेकपा (एमाले)ले शोक प्रकट गरेको छ । उहाँको ९५ वर्षको उमेरमा सोमबार बिहान निधन भएको थियो ।

एमाले महासचिव शङ्कर पोखरेलले शोक विज्ञप्ति प्रकाशित गर्नुहुँदै कम्युनिष्ट आन्दोलनका एक साहसिक योद्धा एवम् मुलुकको परिवर्तन र रुपान्तरणमा उहाँले पु¥याउनुभएको योगदानको स्मरण गरिएको जनाउनुभयो ।

तत्कालीन समयमा शहीदहरु शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलाई राणा सरकारले फाँसी दिएको घटनाबाट उद्वेलित भएर उहाँ सानै उमेरदेखि राजनीतिमा सक्रिय हुनुभएको थियो ।

एमालेले ७४ औं पार्टी स्थापना दिवसका अवसरमा उहाँलाई “कम्युनिष्ट योद्धा” को रुपमा सम्मान गरेको थियो ।