• ५ जेठ २०८१, शनिबार

भारोत्तोलनका खेलाडी सञ्जुका परिवारलाई जीवन बीमा रकम हस्तान्तरण

blog

स्वर्गीय सञ्जुका आमालाई बीमाको चेक हस्तान्तरण गर्दै । तस्विर – सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, असार ६ गते । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णपदक विजेता भारोत्तोलनका खेलाडी स्वर्गीय सञ्जु चौधरीको परिवारलाई बीमा वापतको रकम प्रदान गरिएको छ । 

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक सञ्जुका आमा राप्ती सोनारी ३ निवासी सुन्दरमोती थारुलाई ५४ लाख २० हजार रुपियाँको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीका प्रदेश प्रमुख भोज कुँवर, वरिष्ठ अभिकर्ता माधव अधिकारीलगायतले थारुलाई चेक हस्तान्तरण गर्नुभयो । सञ्जुको परिवारलाई बीमाङ्क दावी वापत ५० लाख, बोनस वापत एक लाख ४० हजार र अन्तरिम बोनस वापत दुई लाख ८० हजार रुपियाँ प्रदान गरिएको कम्पनीका प्रदेश प्रमुख भोज कुँवरले बताउनुभयो । 

बीमा बापतको रकम पाएपछि सञ्जुकी आमा थारुले यसबाट सञ्जुको चाहना पूरा गर्ने बताउनुभएको छ । 

बाँके राप्तीसोनारी निवासी सञ्जु काठमाडौंमा आफ्नै कोठामा झुन्डिएको अवस्थामा गत वैशाखमा मृत अवस्थामा फेला पर्नुभएको थियो ।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग)को स्वर्णपदक जित्नुभएका चौधरीले आत्महत्या नै गरेको प्रहरीले निष्कर्ष निकालेको थियो । उहाँ सागमा स्वर्ण जित्ने पहिलो महिला नेपाली खेलाडी हुनुहुन्थ्यो ।