• १३ असार २०८१, बिहिबार

तिनाउ खोलाको बाढीमा भेटियो बुद्धनगरका नेपालीको शव

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, असार ६ गते । बुटवलको तिनाउ खोलाको बाढीमा भेटिएको शवको पहिचान खुलेको छ । प्रगतिनगरमा फेला परेको शव बुद्धनगरका ६५ वर्षीय किशोरबहादुर नेपाली भएको प्रहरीले पुष्टि गरेको छ ।

उनी मध्यराति खालामा किन र कसरी गए भन्ने विषयमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताउनुभयो ।

प्रहरी र स्थानीयको सक्रियतामा शव नदीको किनारमा ल्याइएको छ । मृत्युको कारण पोष्टमार्टम र अन्य अनुसन्धानपछि मात्र खुल्न सक्ने डीएसपी केसीले जानकारी दिनुभयो ।