• ६ जेठ २०८१, आइतबार

अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा विपि प्रतिष्ठान विजयी

blog

तेस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगिताका विजेताहरु । तस्बिर : गोरखापत्र

निशा राई

धरान, असार ५ गते । विपि कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको तेस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा विपि प्रतिष्ठानको ‘बी’ टिम विजयी भएको छ । ‘बी’ टिमबाट दिवाकर कोइराला, वेद प्रकाश पन्त र सुमित धमलाले प्रथम स्थान हासिल गर्नुभएको हो ।

प्रतिष्ठानकै टिम ‘ए’ दोस्रो भयो । टिम ‘ए’ मा हार्दिक भण्डारी, सिन्जिन घिमीरे र अतुलकुमार चौहान हुनुहुन्थ्यो । मनिपाल कलेज पोखरा तेस्रो भयो । पोखराबाट  डा. विजय दुवाडी, मनिष कोइराला र संजिव वास्तोलाले प्रतिस्पर्धा गर्नुभएको थियो । 

प्रतियोगिता देशभरीबाट ६ वटा मेडिकल कलेजका ९ टिमको सहभागिता रहेको थियो । जसमा मनिपाल कलेज अफ मेडिकल साइन्सेस पोखरा, नोबेल मेडिकल कलेज विराटनगर, पाटन एकेडमी अफ हेल्थ साइन्स ललितपुर, विराट मेडिकल कलेज विराटनगर, नेपालआर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेस काठमाडौं र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दुई टिम रहेको थियो । 

प्रतियोगिताको निर्णायक मण्डलमा प्रा.डा. बालकृष्ण भट्टराई, प्रा.डा. धनरत्न शाक्य तथा डा. रबिन मास्के हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षता डा. रिता खड्काले गर्नुभएको थियो । आयोजक समितीको सदस्य सचिवमा कुशल वास्तोला हुनुहुन्थ्यो । 

यसअघि सन् २०१८ मा पहिलो र सन् २०१९ मा दोस्रो संस्करण सम्पन्न भएको थियो । कोभिड-१९ महामारीका कारण सन् २०२० र २०२१ मा भने यस प्रतियोगिता आयोजना हुन सकेको थिएन ।