• ९ असार २०८१, आइतबार

झडपपछि स्थगित अखिल क्रान्तीकारीको बैठक सुरु

blog

काठमाडौं, असार ५ गते। नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तीकारी)को बैठक पुनः सुरु भएको छ।

संगठनका महासचिव दिपेश पुनले तेस्रो पूर्ण विस्तारित बैठक फेरि सुरु भएको जानकारी दिनुभयो।

आइतबार दिउँसो सुरु भएको बैठकमा नेतृत्व चयनप्रति असन्तुष्ट समूहले विधि, विधान लागू गर भन्दै नाराबाजी गरेका थिए।

विवादले उग्र रुप लिएपछि स्थिति तनावग्रस्त बनेको थियो।