• ६ जेठ २०८१, आइतबार

पानी जमेपछि बालबालिकालाई विद्यालय पठाउन समस्या

blog

लहान –१ का स्थानीयहरु नहरको फोहोर पानीको समस्यामा झेल्दै । तस्बिरः जीबछ यादव

जीबछ यादव

लहान, असार ५ गते । लहान नगरपालिका १ र २ वडा भएर बग्ने भबरा नहरको बाँध भत्केर निस्केको फोहोर पानी वरिपरि चारैतिरबाट आएर जमेपछि घरबाट निस्कन र बालबालिकालाई विद्यालय पठाउन  स्थानीयलाई समस्या भएको छ । लहान–१ का सोनवति सिंह दुनुबारले पानी जमेर विद्यालय पठाउन नपाएको दुखेसो पोख्नुभयो ।  

गत वर्ष बाँध भत्कियो । सुख्खा समयमा पनि घरको अगाडिबाट फोहोर पानी बगिरहँदा नगरपालिकामा जानकारी गराइए पनि समस्या समाधान नभएको स्थानीयको गुनासो छ । वर्षाको समयमा घरको वरिपरि चारैतिरबाट पानी जाम भएर घरबाट निस्कन समस्या भएको दिलिप सिंहको पत्नी सोनावति सिंहले बताउनुभयो । पानी निकासको लागि सबैतिर हारगुहार गर्दापनि समस्या समाधन नभएको उहाँको पीडा छ । 

‘पुर्खयौली गाउँबाट बालबच्चालाई पढाउन शहरमा घर बनाएर शान्त भएर बच्चालाई पढाउने उद्देश्यले लहान शहरमा घर बनाएर बस्दै आएपनि एक वर्षदेखि समस्या भोगिरहेको सिंहले बताउनुभयो ।  “बच्चहहरुलाई विद्यालय पठाउन र ल्याउन समस्या त छँदैछ, त्यसमा फाहोर पानीबाट जाँदा आँउदा छालामा एलर्जी हुने खतरा पनि छ, हाम्रो जीवन जेलजस्तै भएको छ’, उहाँले दुखेसो पोख्नुभयो । 

स्थानीय रेणु कर्णले नहर भत्केपछि नहरबाट निस्केको दुर्गन्धित् पानीले बस्तीका स्थानीयहरुको स्वास्थ्यमा समेत असर गरिरहेको स्थानीयको भनाई छ । नहरमा शौचालयको फोहोर पानी मिसिएका कारण बढी दुर्गन्धित भएको हो । नगरप्रमुख महेशप्रसाद चौधरी, उपप्रमुख राम चलितर महतो वडाध्यक्ष युगल किशोर चौधरीसहित पत्रकारको टोलीले स्थलगत निरीक्षण गरेको भएपनि समस्या समाधान नभएको स्थानीयले बताउनुभयो ।   

वडा नम्बर २ र वडा १९ बाट बग्ने भवरा नहरमा माटो पुरिएर पानी निकास हुन नसकेपछि वर्षेनी भवरा नहर भत्किदैआएको छ । लहान नगरप्रमुख महेशप्रसाद चौधरीले भन्नुभयो, ‘समस्यालाई समाधान गर्न नगरपालिका लागिपरेको छ, केही दिनमा समस्या समाधान हुन्छ ।’