• २० असार २०८१, बिहिबार

कोभिडविरुद्धको फाइजर (पेडियाट्रिक) खोप काठमाडौंमा आइपुग्याे

blog

काठमाडौं, असार ५ गते । पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई लगाउने २२ लाखभन्दा बढी कोभिडविरुद्धको फाइजर (पेडियाट्रिक) खोप आज काठमाडौं आइपुगेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई दिन मिल्ने फाइजरको २२ लाख तीन हजार मात्रा खोप आज काठमाडौं आइपुगेको जानकारी दिनुभयो ।

कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सरकारको अनुदानमा सरकारले करिब ८४ लाख डोज खोप पाउनेमध्ये २२ लाख खोप आज प्राप्त गरेको हो ।

उक्त खोप आगामी असार ९ देखि १५ गतेसम्म २७ जिल्लामा सुरु हुने पहिलो चरणका खोप अभियानका लागि प्रयोग हुने चौरासियाले बताउनुभयो । सरकारले कुल ३९ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ ।