• ७ जेठ २०८१, सोमबार

वडाध्यक्षको मृत्यु

blog

जाजरकोट, असार ५ गते । कुशे गाउँपालिका–७ का वडाध्यक्ष  मनबहादुर घर्तीको मृत्यु भएको छ । 

शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताउनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट चुनाव जित्नुभएको थियो । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।