• १९ असोज २०८१, शनिबार

यू–१२ टिम टेनिसमा भारत पहिलो

blog

टेनिसमा पहिलो भएको भारतको टोली । तस्बिर : राखेप

काठमाडौं, असार ३ गते । भारत नेपाल आईटीएफ एसिया यू–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा शुक्रबार पहिलो भएको छ । भारत छात्र/छात्रा दुवैमा पहिलो भएको हो । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको छात्र फाइनलमा भारतले पाकिस्तानलाई २–१ ले हरायो । श्रीलंकाले बंगलादेशलाई ३–० ले हराउँदै तेस्रो भयो । 

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको छात्रा फाइनलमा भारतले श्रीलंकालाई २–१ ले पाखा लगायो । माल्दिभ्सले भुटानलाई ३–० ले पन्छ्याउदै तेस्रो भयो । माल्दिभ्सको प्रशिक्षकमा पूर्व राष्ट्रिय च्याम्पियन नेपालका कुमार अधिकारी रहनुभएको छ । छात्र/छात्रामा पहिलो र दोस्रो हरने देश काजाकिस्तानमा हुने फाइनल प्रतियोगितामा छनोट भएका छन् । 

अन्तिम दिन नेपाली छात्र/छात्रा दुवै टोलीले जित आत्मासात गरेको छ । छात्रमा नेपालले भुटान तथा छात्रमा बंगलादेशलाई समान ३–० ले पारजित गरेको छ । प्रतियोगितामा दक्षिण एसियाका सातै देशको सहभागिता रहेको थियो । पाकिस्तान बाहेक सबै देशबाट छात्र र छात्रामा तीन तीन खेलाडीको सहभागिता रहेको थियो ।