ठाकुरप्रसाद आचार्य
म्याग्दी, असार १७ गते । कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानमा पर्ने महभीर झरनामा रमाउँदै भारतीय पर्यटकहरु । यो सिजनमा मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटकहरु आउने गरेका छन् ।
मुस्ताङ भ्रमणमा आएका पर्यटकहरुलाई सडक छेवैमा रहेको झरनाले आकर्षित गर्ने गरेको छ । झरना निकै आकर्षक,सुन्दर र मनमोहक छ ।
सडकको नजिकै पर्ने भएकाले झरनामा प्रायः पर्यटकहरु सवारीसाधन रोकेरै जाने गरेका छन् । झरनामा फोटो तथा भिडियो खिच्नका लागि पनि पर्यटकहरु महभीर झरनामा जान्छन् ।