गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ११ गते । षट्कोण आर्ट्सले निर्माण गर्ने नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेतृ स्वस्तिमा खड्का अनुबन्धित हुनुभएको छ । उक्त ब्यानरले मङ्गलबार अभिनेतृ खड्का रहेको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति फागुन १ गतेलाई तय गरेको छ ।
सार्वजनिक पोस्टरमा अभिनेतृ खड्का भिन्न रूपमा देखिनुभएको छ । गर्भवती महिलाको चरित्रमा देखिए पनि उहाँको शृङ्गार र हाउभाउले भने फरक चित्रण गरेको छ । यम थापाको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रलाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दिपेस खत्रीले निर्माण गर्दै हुनुहुन्छ । चलचित्रको कार्यकारी निर्मातामा प्रदीप भट्टराई रहनुभएको छ । अभिनेतृ खड्काले चलचित्र कथावस्तु र निर्माण टिमको कारण आफू नयाँ फरक रूपमा प्रस्तुत हुन तयार भएको बताउनुभयो ।