वसन्त पराजुली
भरतपुर, असार ७ गते । समालोचक रमेश प्रभातको दोस्रो निसमालोचनासङ्ग्रह ‘अरू अलिकति फरक कुरा’ सार्वजनिक भएको छ । गजल मञ्च चितवनले प्रकाशन गरेसँगै सो संग्रह बजारमा आएको छ ।
‘अरू अलिकति फरक कुरा’ समालोचक प्रभातको दोस्रो निसमालोचनासङ्ग्रह हो । यसमा रहेका २९ वटा निसमालोचनामध्ये १५ वटा चितवनका सर्जकहरूका कृतिमाथिका निसमालोचना छन् । यसअघि प्रभातको निसमालोचनासङ्ग्रह अलिकति फरक कुरा प्रकाशित भएको छ ।
नयाँ कृतिमा समेटिएका सर्जकहरुको अभिमत पनि सुनिएको छ । समालोचक प्रभातको जन्मदिन कै अवसरमा कृति सार्वजनिक गरिएपछि एक कार्यक्रम आयोजना गरि स्रष्टाहरुले आफ्नो अभिमत राख्नुभएको हो ।
आयोजक संस्था गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई मञ्चका निवर्तमान अध्यक्ष लेखराम सापकोटाले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा सर्जकहरू सुरेन्द्र अस्तफल, किसान प्रेमी, गणेश श्रमण, उदय अधिकारी, उपेन्द्र त्रिपाठी, विद्या भण्डारी चिराग, विनोदबाबु रिजाल, सूर्यप्रकाश कँडेल, पदम अर्याल, वसन्त पराजुलीलगायतले कृति माथि टिप्पणी गर्नुभएको थियो ।