• १८ असार २०८१, मङ्गलबार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार १ गते । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक बुधबार बिहानबाट सुरु भएको हो ।

बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकका छलफलका क्रममा उठेका प्रश्नका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची तय भएको छ ।

सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमका अनुसार शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘‘शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७–०७८ र आर्थिक वर्ष २०७८–०७९’’ पेश गर्नुहुनेछ ।