• २ असार २०८२, सोमबार

क्षयरोगका सम्भावित ९० जना बिरामीको खकार परीक्षण

blog

क्षयरोगका सम्भावित ९० जना बिरामीको खकार परीक्षण गरिँदै । तस्बिर : मोहनसिंह बुढा

मोहनसिंह बुढा
अदानचुली, (हुम्ला) जेठ २ गते ।
हुम्लाको अदानचुली गाउँपालिमा  क्षयरोगका सम्भावित ९० जना बिरामीको खकार परीक्षण गरिएको छ । आइतबार र सोमबार दुई वटा स्वास्थ्य चौकी रहेको अदानचुली गाउँपालिकामा सम्भावित भएका बिरामीका घर घरमा गएर खकार ल्याई क्षयरोगको परीक्षाण गरिएको हो ।

पालिकाको श्रीनगर स्वास्थ्य चौकी र लौठी स्वास्थ्य चौकीमा जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाबाट आएको टोली ल्याब टेक्निसियनको टोलीसँगै गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको सक्रियतामा खकारको चेकजाँच गरिएको स्वास्थ्य शाखा संयोजक विनोद बुढाले बताउनुभयो ।

उहाँका अनुसार पालिकाका १ देखि ६ वटै वडाका सम्भावित ९० जना बिरामीहरुको परीक्षण गरिएकोमा सबैको रिपाेर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थय सेवा कार्यालय हुम्लाबाट ल्याब टेक्निसियन रवीन्द्र देवकोट र पवन ऐडीको टोलीले सम्बन्धित स्वास्थ्य चौकीमा गई ल्याब परीक्षण गरेका हुन् ।

सम्भावित बिरामीको खकार लिनका लागि स्वास्थयकर्मी र सामुदायिक महिला स्वास्थ्य स्वय सेविकाको सक्रियातामा घर घरमा गई ल्याएको खकार सोही दुई वटा स्वास्थ्य चौकीमार्फत परीक्षण गरिएको हो । पालिकामा धेरै जनामा क्षयरोग हुने सक्ने सम्भावित अनुमान गरिएको भए पनि खकारको ल्याप परीक्षण शून्य देखिएको जनस्वास्थ्य निरीक्षक सन्तोष बुमीले बताउनुभएको छ । गाउँपालिकामा भएका सबै वडका सम्भावित बिरामीको आफू गएर परीक्षणका लागि कसैलाई नछुटाई खकार ल्याइएको बताउनुभयो ।