• २ असार २०८२, सोमबार

महासचिव वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख

blog

काठमाडौँ, असार १ गते । क्राान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्यमा सुधार देखिएको छ । 

दुई हप्तादेखि त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसियु) उपचाररत महासचिव वैद्यको स्वास्थ्यमा सुधार हुँदै गएपछि आइसियुबाट  साधारण वार्डमा सारिएको उहाँका भान्जा प्रशान्त ओलीले जानकारी दिनुभयो । 

अस्पतालका प्रवक्ता एवम् सह–प्रा.डा. गोपाल सेडाईले वैद्यका अनुसार महासचिव वैद्यलाई  दमको समस्याले गर्दा जेठ १५ गते अस्पतालमा भर्ना गरिएको थियो । 

हाल उहाँको छातीरोग विशेषज्ञ डा. निरज बमको निगरानीमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँलाई पुरानो दम समस्या भएकाले यो समस्या बेलाबेलामा बल्झिने गर्छ । 

गत पुसमा वैद्यलाई दमको समस्याले दुःख दिएर एक महिना शिक्षण अस्पतालमा राखेर उपचार गरिएको थियो ।